बालसाहित्य सम्मेलन सुरु

०५ असोज, काठमाडौँ । बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु भएको छ  । शुक्रबारदेखि सुरु भएको सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा पहिलो पटक विभिन्न भाषामा यस्तो कार्यक्रम हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न देशका आफ्नो भाषामा जसरी कार्यपत्र प्रस्तुत भएका छन्, त्यो एकदमै महत्वपूर्ण छ ।” जापानका प्रतिनिधि आरोही सुनिजु, भारतका दीपा अग्रवाल, बङ्गलादेशका होमायुकुमार डाली, श्रीलङ्काका चुलानन्द राजापटनायकेलगायतको सहभागिता रहेको छ ।

सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बालसाहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथावाचन, बालचित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरिएको छ । सम्मेलनको दोस्रो दिन काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours