माछापुच्छ्रे बैंकको २४औँ वार्षिकोत्सव तथा चाडपर्व लक्षित विभिन्न अफरहरू सार्वजनिक

०४ असाेज, काठमाडौं। माछापुच्छ्रे बैंक ली.ले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा अफरै अफरहरू सञ्चालनमा ल्याएको छ ।

बैंक असोज १७ गते बाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरू ल्याएको हो ।

जसको फाइदा ग्राहकहरूले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू जस्तैः मोबाइल बैंकिङ्ग MBL M- SMART (APP) , डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले असोज १ देखि ३० गते सम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ ।

जस अन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट रु. २,४०० मात्रमा प्रदान गर्नेछ ।

साथै बैंकले मोबाइल बैंकिङ्ग सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशत सम्मको छुट प्रदान गर्ने जानकारी बैंकले दिएको छ ।

यसै क्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछ ।

यसका साथै बैंकले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोबारको प्रोत्साहन र प्रवर्धनको लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरूको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने र सही उत्तर दिने सहभागीहरू मध्ये भाग्यशाली विजेताले आकर्षक उपहार पाउन सक्ने जनाएको छ ।

साथै यस क्यामपिएन अवधिभर बैंकबाट जारी डिजिटल माध्यमहरूबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविध उपहारहरू जस्तैस् टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरू प्रदान गरिने बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours