०४ असोज, काठमाडौं । साहसिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्यान्डले आयोजना गरेको ‘रोड टु ल्हासा’ को टोली काठमाडौं आइपुगेको छ ।
१० वटा गाडीमा चार महिलासहित २० जनाको यो समूहले भारत, नेपाल र चीन गरी तीन देशको यात्रा तय गर्ने योजना छ ।
सड्कमार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्यान्डको २० जनाको टोली भारतको गोरखपुर हुँदै लुम्बिनी र लुम्बिनीबाट काठमाडौं आएको हो ।
काठमाडौंबाट सो टोलीलाई शुक्रबार नेपाली राष्ट्रिय झन्डा फहराएर बिदाई गरिएको छ ।
सो अवसरमा पर्यटकहरूलाई शुभकामना दिँदै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रवर्द्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताए ।
आयोजक कम्पनी एडभेन्चर ओभरल्यान्डका सञ्चालक तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुशी लागेको बताए ।
उनले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आफ्नो टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनी हुँदै काठमाडौं आइपुग्दा छुट्टै आनन्द महसुस गरेको प्रतिक्रिया दिए ।
काठमाडौबाट रसुवा हँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने र त्यहाँबाट फरक रुट न हँदै पुनः नेपाल फर्किने छ ।
यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देशक मदानले जानकारी दिए ।
२२ दिनको यस यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटर यात्रा गर्ने यात्रामा सहभागी आदित्य बोथराले जानकारी दिए ।
+ There are no comments
Add yours