‘कंगुवा’ फूलपातीबाट पछि सर्‍यो, नेपाली फिल्मलाई राहत

०४ असाेज, काठमाडौं । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कंगुवा’को प्रदर्शन मिति सरेको छ । दशैंको फूलपातीमा आउने भनिएको सूर्या अभिनित फिल्म अब कात्तिक ३० (नोभेम्बर १५)मा रिलिज हुनेछ ।

फूलपातीमै आउन लागेको रजनीकान्त स्टारर अर्को साउथ फिल्म ‘भेट्टाइयान’का कारण ‘कंगुवा’लाई पछि सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माताले बिहीबार ‘कंगुवा’को नयाँ मिति सार्वजनिक गरेका हुन् ।

सूर्या र बबी देओलको मोसन पिक्चर सेयर गर्दै निर्माताले लेखेका छन्, ‘द ब्याटल अफ प्राइड एण्ड ग्लोरी । कंगुवाको पराक्रमी शासनले नोभेम्बर १० देखि पर्दामा आँधी सिर्जना गर्नेछ ।’

मोस्टाज पोस्टरमा सूर्या र बबी उत्कृष्ट लुक्समा देखिएका छन् । शिवद्वारा निर्देशित ‘कंगुवा’ प्रतीक्षित भारतीय फिल्ममध्ये एक हो । ३५० करोड भारु भन्दा बढी बजेटमा बनेको यो फिल्म यस वर्षको महंगो भारतीय फिल्म बताइएको छ ।

यो फिल्म फूलपातीबाट पछि सर्दा सोही मितिमा रिलिज हुन लागेका नेपाली फिल्मलाई भने राहत मिलेको छ । केही वितरक यो फिल्मलाई नेपालमा ल्याउने तयारीमा थिए ।

‘कंगुवा’ पछि सर्दा फूलपातीमा रिलिज हुन लागेका छक्कापञ्जा ५, १२ गाउँ र ज्वाइँ साबलाई राहत मिलेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours