०४ असाेज, काठमाडाैँ । साउनमा वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनसम्म १९ वटा बैंकहरुबाट ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गरेको छैन।
साउनसम्म सबैभन्दा बढी शेयर लोन प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। नबिलबाट १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ शेयर लोन गएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले साउनसम्म ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ।
सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा नेपाल बैंक रहेको छ। यो बैंकबाट ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ शेयर लोन गएको छ। यसैगरी साउनसम्म सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख रुपैयाँ, कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ४ अर्ब ८४ करोड ११ लाख रुपैयाँ र प्राइम बैंकबाट ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ शेयर लोन प्रदान गरेका छन्।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ, प्रभु बैंकबाट २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, हिमालयन बैंकबाट १ करोड ९१ लाख ९५ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ५७ करोड १ लाख रुपैयाँ, सानिमा बैंकबाट १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ५१ करोड २४ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४२ करोड ९४ लाख रुपैयाँ शेयर लोन गएको छ।
+ There are no comments
Add yours