चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा

०३ असोज, काठमाडौं । दशैं-तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। त्यसका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको सरकारले जनाएको छ।

काठमाडौं उपत्यकामा भने थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायमा पसल सञ्चालन भएका छन्। काठमाडौं उपत्यकाका सुपथ मूल्य पसलमा भने अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ।

सुपथ मूल्य पसलमा उपभोक्ताले विशेष छुट पनि पाउनेछन्। कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, दालमा प्रतिकेजी ५ रुपैयाँसम्म छुट पाइनेछ।

खानेतेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजीरप्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। यसैगरी कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ।

पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले एक हजार पाँच सय खसीबोका तथा तीन सय च्याङ्ग्रा काठमाडौं ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने सूचना अधिकारी सुवेदीले बताइन् । उनका अनुसार घटस्थापनादेखि नवमीको दिनसम्म खसीबोका तथा च्याङ्ग्रा बिकी गरिनेछ ।

नेपालीको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने र सो समयमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावण तयार गर्ने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालनसँगै चाडपर्वका समयमा अस्वाभाविक बजार मूल्य नियन्त्रणमा सघाउ पुग्ने सरकारको विश्सास छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours