अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले घटायो ब्याजदर

०३ असाेज, एजेन्सी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ ।बुधबार सकिएको नीतिगत बैठकपछि बैैंकले प्रमुख ब्याजदरमा ५० आधार बिन्दुले कटौती गरेको हो ।

यो ब्याजदरमा गरिएको सन् २०२० को मार्चपछिको पहिलो कटौती थियो । योसँगै ब्याजदर ४ दशमलव ७५ प्रतिशत देखि ५ प्रतिशतका बीचमा रहेको छ ।

यस अघि फेडरले अमेरिकामा अनियन्त्रित बनेको महँगी दरमा नियन्त्रण गर्न सन् २०२२ को मार्च देखि सन् २०२३ को जुलाईबीच ११ पटक ब्याजदर बढाएको थियो । अघिल्लो बैठकमा फेडले ब्याजदर यथावत् राख्दै बाँकी अवधिमा ब्याजदर घटाउन सकिने सङ्केत गरेको थियो ।

फेडको ब्याजदर कटौतीसँगै विश्व शेयर बजार हरियालीमा आउने शेयर बजार विश्लेषकहरूको विश्वास छ । फेडको ब्याजदर कटौतीपछि अमेरिका सरकारले जारी गर्ने ऋणपत्रको ब्याजदर पनि घट्नेछ । यस्तोमा लगानीकर्ताहरूले आफ्नो पैसा ऋणपत्रमा लगाउनुको सट्टा शेयर बजारमा लगानी गर्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours