आजदेखि ६३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन, खाद्यान्नमा ५ देखि ७ रुपैयाँ छुट

०३ असाेज, काठमाडौँ । सरकारले चाडपर्व लक्षित सुपथ मूल्यको पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थाानमा असोज ३ गते बिहीबार (आज) देखि आउँदो माघ २ गतेसम्म सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको हो ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायक का विक्री कक्षहरु राखिएका खाद्य व्यवस्थाले जनाएको छ ।

विभिन्न प्रकारका चामल र दालमा ५ रुपैयाँ,. विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति लिटर/प्रति केजी ७ रुपैयाँ, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रति केजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्याङ्ग्रा, डिडिसी. घ्यूमा प्रति केजी १० रुपैयाँ सहुलियतको व्यवस्था गरिएको छ ।

खाद्य व्यवस्था लिमिटेडले लक्षित खाद्यान्न विक्री परिमाण ५० हजार क्विन्टल लिएको छ ।

यस वर्ष मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रहरुबाट खसीबोका १ हजार ५०० वटा र च्याङ्ग्रा ३०० वटा गरी १ हजार ८०० वटा खरिद गरेर बिक्री गर्ने लक्ष्य लिएको छ ।

खसीबोकाको बिक्री प्रादेशिक कार्यालय थापाथलीबाट गर्ने खाद्यलउ जनाएको छ । खसीबोका घटस्थापनाको आसपासदेखि नवमीको दिनसम्म बिक्री गरिने जनाइएको छ ।

सुपथ मूल्यका पसल सञ्चालनका लागि सरकारले ३ करोडको बजेट स्वीकृत गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours