०३ असाेज, काठमाडाैं । बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ । बुधबार ३०० रुपैयाँ घटेको सुनको भाउ आज ८०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ५६२ दशमलव ५२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० दशमलव ४४ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours