‘छक्कापञ्जा ५’ को ‘ब्रेकअप सङ’

०३ असोज, काठमाडौँ । चलचित्र ‘छक्कापञ्जा ५’ को ‘फर्स्ट लुक’ सहितको साङ्गीतिक भिडियो सार्वजनिक भएको छ । पहिलो पटक चलचित्रले ‘क्यारेक्टर लुक्स’ सहितको गीत सार्वजनिक गरेको हो ।

‘ब्रेकअप सङ’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेललगायत देखिनुभएको छ । बाबुल गिरीको शब्द, सङ्गीत, एरेन्ज र स्वरमा गीत तयार भएको छ ।

कमेडियन गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा समावेश हुनुहुन्छ । गीतमा दीपक र माग्ने बुढाले ब्रेकअप अङ्कित सुट लगाउनुभएको छ । प्रेमीले प्रेमिकालाई पोखेको आक्रोशका कुरा गीतमा दर्साउन खोजिएको छ । 

You May Also Like

More From Author

+ There are no comments

Add yours