बजार घट्दा पनि बैंकिङ बढ्यो, कारोबार खुम्चियो

०२ असोज, काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम भएको छ ।

बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । कारोबार रकम घट्नुले अब बजारमा बिक्री गर्नेहरू संयम हुन थालेको जनाउँछ । ७४ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे ।

अरुको तुलनामा बैंकिङ हाई क्याप सेक्टर कम्पनी रहेकाले यसले समग्र बजारको उतारचढावलाई बढी प्रभाव पार्दछ । बुधबार बैंकिङ सेक्टरको वृद्धिकै कारण अरु सेक्टर घट्दा पनि समग्र बजारको गिरावट दर न्यून हुन पुग्यो ।

यस दिन कालिका लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्तको ७.९, रावा इनर्जीको ७.३, भूगोल इनर्जीको ७, सुपरमाइ हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो ।

गुडविल फाइनान्सको ६.७, आत्मनिर्भर लघुवित्तको ६.३, समृद्धि फाइनान्सको ५.९, समाज लघुवित्तको ५.८ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा तथा गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।

भोलि बिहीबार संविधान दिवसका कारण परेको सार्वजनिक विदाले कारोबार बन्द रहनेछ । अब आइतबार मात्रै कारोबार खुल्ने छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours