अदालतमा पतिको बयान: हो, म बलात्कारी हुँ, पत्नीलाई लागुऔषधले लठ्याएर ५० जनाबाट बलात्कार गराएँ!

०२ असोज, काठमाडाैं । फ्रान्समा आफ्नै श्रीमतीलाई लागुऔषध खुवाएर झण्डै एक दशकसम्म ५० भन्दा बढी व्यक्तिलाई बलात्कार गर्न लगाएको अभियोगमा पक्राउ परेका श्रीमान्‌विरुद्ध अदालतमा मुद्दा सुरु भएको छ।

फ्रान्समा आफ्नै पत्नीलाई परपुरुषबाट बलात्कार गराएको अभियोगमा मुद्दा । मंगलबार उनले अदालतमा आफूविरुद्ध लागेका सबै आरोप स्वीकार गर्दै आफू बलात्कारी नै भएको बताए।

उनले दयाको भीख पनि मागे। यो घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। यो हृदयविदारक घटनामा पीडित महिलाले आफूसँग यति वर्षसम्म बसेको व्यक्तिले आफूलाई यसरी धोका दिएको पत्याउनै गाह्रो भएको बताइन्।

आफ्नी श्रीमतीलाई १० वर्षसम्म लागुऔषध खुवाएर बेहोस बनाएर कैयौँलाई बलात्कार गर्न लगाएको अभियुक्तको नाम डोमिनिक पोलिकोट हो। उनको उमेर ७१ वर्ष छ। यो मुद्दा डिसेम्बरसम्म चल्नेछ। अदालतमा उनी दोषी ठहर भएमा कम्तीमा २० वर्षको जेल सजाय हुनेछ।

अदालतका कागजातहरूका अनुसार, सन् २०२० मा प्रहरीले सुपरमार्केटमा महिलाहरूको अन्तरंग भिडिओ बनाउँदै गरेको अवस्थामा पेलिकोट पक्राउ परेका थिए। त्यसपछि प्रहरीले पेलिकोटको घर र विद्युतीय उपकरणमा छानबिन गरेको थियो। जसमा उनकी पत्नी गिसेल पेलिकोटसँग यौन सम्बन्धमा संलग्न पुरुषका हजारौँ तस्बिर र भिडिओ भेटिए। एजेन्सी

You May Also Like

More From Author

+ There are no comments

Add yours