दाेस्राे दिन पनि थप घट्याे सुनकाे मूल्य

०२ असोज, काठमाडाैं । नेपाली बजारमा साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।

मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य आज थप तीन सय रुपैयाँ सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो।

सुनकाे मूल्य घटेसँगै बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा झरेको महासंघले जनाएकाे छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours