१५० किलो गाँजासहित दुई जना पक्राउ

०१ असाेज, जलेश्वर । प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ बाट १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदीप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

पक्राउ परेका उनीहरु क्रमशः बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन्। उनीहरुले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours