आम आद्‌मी पार्टीकी नेतृ आतिशीलाई दिल्लीको मुख्यमन्त्री बनाउने तयारी

०१ असाेज, काठमाडाैं । आम आद्‌मी पार्टीले नेतृ आतिशीलाई दिल्लीको मुख्यमन्त्री बनाउने तयारी गरेको छ। आपको विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको छ। उनलाई विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि दलको नेता चुनेको हो।

मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन्। केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन्।

१३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले १५ सेप्टेम्बरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours