बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुन्धाराबाट पक्राउ

०१ असाेज, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाडौँ बस्ने धिरबहादुर शाही काठमाडौँको सुन्धाराबाट पक्राउ परेका हुन्।

४१ वर्षीय शाही विरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

कालिकोट खाँडाचक्र नगरपालिका–११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए। उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोटमा पठाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours