सेयरधनीलाई सानिमा रिलायन्स लाइफको बोनस सेयर घोषणा

३१ भदौ, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांशस्वरुप बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको ३० औं सञ्चालक समिति बैठकले १८.३८११ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । सो बोनस सेयर पश्चात पनि कम्पनीको चुक्ता पूँजी ५ अर्ब नपुग्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ छ ।

बोनस सेयर वितरणपश्चात चुक्ता पूँजी ४ अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५५२ रुपैयाँ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours