भाटभटेनीको ३० औँ स्टोर ललितपुरको हात्तीवनमा

३१ भदाै, काठमाडाैं । भाटभटेनी सुपरमार्केटले ३० औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो ३०औँ स्टोर सञ्चालनमा ल्याउन लागेको हो ।

करिब एक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्यका साथ स्टोर निर्माणका लागि भूमि पूजा गरिएको प्रमुख सञ्चालन अधिकृत पानु पौडेले जानकारी दिए ।

भाटभटेनीका २७ वटा स्टोर यसअघि निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । भने पोखरा र चितवनमा २८औँ र २९औँ स्टोर निर्माणका लागि भूमि पूजा सम्पन्न भइसकेको छ ।

करिब पाँच सय युवालाई रोजगारी दिन सकिने गरी स्टोर सञ्चालनमा ल्याउन लागिएको उनले बताए । ग्राहकको चापलाई मध्यनजर गर्दै नयाँ स्टोर सञ्चालनमा ल्याउन लागिउको उनको भनाइ छ ।

भाटभटेनी नेपालकै सबैभन्दा धेरै रिटेल सञ्जाल भएको सुपरमार्केट हो । २०४१ सालदेखि कारोबार सुरु गरेको भाटभटेनी ४० वर्षको अवधिमा देशकै सबैभन्दा ठुलो खुद्रा सामान बिक्री गर्ने चेन स्टोरका रूपमा स्थापित भएको छ । यो अवधिमा भाटभटेनीले देशका विभिन्न २७ स्थानमा आफ्नो स्टोर स्थापना गरी ग्राहकलाई सेवा दिँदै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours