फेडले व्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको भाउले सोमबार पनि बनायो नयाँ रेकर्ड

३१ भदाै, काठमाडाैं । अमेरिकी फेडरल रिजर्भ (फेड)ले चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भइहरेको छ । जुन हालसम्म कै उच्च हो ।

आइतबार छापावाला सुनको भाउ एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो महिना नेपाली बजारमा एक लाख ५३ हजार १००, एक लाख ५३ हजार २००, एक लाख ५३ हजार ४००, एक लाख ५६ हजार ३००, एक लाख ५६ हजार ८०० र आज एक लाख ५७ हजार ३०० रुपैयाँ गरेर ६ वटा रेकर्ड बनेका छन् ।

फेडले यहि महिना ब्याजदर कटौती गर्ने तयारी गरेकोले सुनको भाउ रेकर्ड बिन्दुमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

फेडले ब्याजदर कटौती गर्ने डरले लगानीकर्ताहरु सुन तर्फ आकर्षित भएकोले भाउमा वृद्धि भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको उनले बताए । सुनको मुल्यमा विगत केही समय देखि देखिँदै आएको बढ्दो टे«ण्ट जस्ता विभिन्न कारणले भाउ अझै केही दिन बढ्ने उनको अनुमान छ ।

स्थिर मूल्य र अधिकतम दिगो रोजगारी दुवै सुनिश्चित गर्न स्वतन्त्र रूपमा कार्य गर्न काङ्ग्रेसबाट दोहोरो जनादेश पाएको फेडले केवल आर्थिक तथ्याङ्कको आधारमा दर कटौतीमा आफ्नो निर्णय लिने बारम्बार जोड दिँदै आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ५८६ दशमलव १२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० दशमलव ९९ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours