प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र(एजुकेशनहव) स्थापना

३१ भाद्र, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो सेवापरिस्कृत गर्ने क्रममा आजमिति २०८१/०५/२८गतेगण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्चशिक्षा हासिल गर्न जानेहरुकालागिआवश्यक शैक्षिक कर्जा सहजतथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामाशैक्षिक केन्द्र (एजुकेशनहव) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेश स्तरबाट उपलब्ध हुन सक्ने सहजभुमिकालाई मध्यनजर गर्दै प्रभु बैँक लि. गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्तविभाग स्थापना गरिएको हो ।

हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागिविद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागिआवश्यक वित्तियलागत परिपुर्ति गर्नको लागिआवश्यकपर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ । सिमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीहरु लाई उच्च शिक्षा प्रदान गर्न बाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहजतरिकाले शैक्षिककर्जा प्रदानगर्ने हेतुले यस प्रभु बैँकलि., गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी प्रभु बैँकलि.को सेवालाई थप प्रभावकारी बनाईने प्रतिबद्धता व्यक्त गरेको छ ।

शैक्षिककर्जा सुविधा उपभोग गर्नकालागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथागण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृतहुने व्यवस्था मिलाएको छ । उक्तशैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत श्री शान्ती शेरचनज्यू बाट गरिएको थियो ।

प्रभु बैंकलि.ले आप्mनो बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालय अन्र्तगतका सम्पुर्ण शाखा कार्यालयहरुबाट सरल र सहज रुपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुखश्री राजु रानाले बताएका छन् । शैक्षिक केन्द्रले शैक्षिककर्जा तथा त्यससंग सम्बन्धित विषयहरुको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रकृया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताएको छ । वैंंकको गण्डकी प्रदेश अन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours