पेट्रोलियम पदार्थको मूल्य घट्यो

३० भदाै, काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो।

घटेको मूल्य भदौ ३१ गते विहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।

अब काठमाडौं उपत्यकामा पेट्रोलमा प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल १५४ रुपैयाँ पुगेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours