दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामाको घोषणा

३० भदाै, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन्।

जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्।

उनले अगाडि भने, ‘जबसम्म जनताले केजरीवाल इमान्दार छन् भनेर फैसला सुनाउने छैनन्, तबसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।’

You May Also Like

More From Author

+ There are no comments

Add yours