३० भदाै, काठमाडाैँ । नेपाली बजारमा आज पनि सुनले उच्च मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
+ There are no comments
Add yours