भगवान वामन सम्बन्धि छोटो जानकारी !

३० भदाै, काठमाडौं । आज मिति २०८१ साल भाद्र ३० गते आइतबार भाद्रशुक्ल द्वादशी तिथी अपरान्ह: २ / ५६ बजेसम्म त्यस उप्रान्त त्रयोदशी तिथी हुनाले यो दिन वामनद्वादशी र श्रवण नक्षत्र भएकोहुँदा यो दिन श्रीवामन जयन्ति उत्वस हो।हाम्रो हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान विष्णूले स्वर्गका राजा देवराज ईन्द्रको हराएको राज्य फर्काउनको निमित्त र दैत्यराज बलीको उदार गर्नाको निमित्त वामन अवतार लिनुभएको थियो ।भगवान वामनले राजा बली सँग तिन पाउ (तिन पाईला भरको) भुमि दान मागेर आफ्नो रुपलाई बढाएर दुवै पाईलाले स्वर्ग र मर्त्य (पृथ्वी) पूरा गरी तेस्रो पाउ राख्न जमिन मागेर दैत्यराज बलीलाई संकटमा पार्नु भएको थियो।

हिन्दू शास्त्र अनुसार दैत्यराज बली भक्त प्रह्लादका छोरा थिए।भक्त प्रह्लादका बाबु हिरण्यकश्यपु थियो जसलाई मार्नको निमित्त भगवान विष्णूले नृसिँह अवतार लिनुभएको थियो। हिरण्यकश्यपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान विष्णूले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो । हिन्दू शुत्रानुसार राजा बलीलाई महान दानीको रुपमा लिइएको छ। दैत्यराज बलीले २ चोटी स्वर्गमा राज्य गरेको कुरा ग्रन्थहरुमा पाईएको छ।पहिले पटक राजा बलिले स्वर्गको राज्य गरिरहेको बेला भगवान बिष्णुले देवता र दानवहरुलाई समुन्द्र मथन गराउनु भएको थियो।

आफुले कूर्म अवतार धारण गरेर मन्दराचल पर्वतलाई पिँठमा राख्नु भएको थियो।समुद्र मन्थनबाट निस्क्यो अमृतको कलश र त्यसपछी भएको यूद्धको समाप्ती पछि राजा बलीले पुन: स्वर्गको राज्य प्राप्तीकालागी दैत्यहरुका गुरु शुक्रचार्यको राय अनुशार भगवान शिवको तपस्या गरेका थिए शिवजीले पनि राजा बलीलाई पुन: स्वर्ग प्राप्तीको वर्दान दिएका थिए। यता इन्द्रलाई राज्य पदच्युतको श्राप दितीले दिएकी थिईन्।किन भने देवराज इन्द्रले दितीको गर्भबाट एक बलियो बालकले जन्म लिदैछ र पछि दैत्यहरुको पक्ष लिनेर सबै देवताको नास गर्ने छ थाह पाएर बालक वायूलाई गर्भमा नै नष्ट गर्न प्रयास गरेका थिए।

तर दैव संयोग बालक बलवान भएका कारण इन्द्रले बालकलाई काटेर जतीवटा टुक्रा बनाए उतीवटै बालकहरु गर्भमा निर्माण हुन गए।अन्तमा देवराजको केही नचलेका कारण बालकहरुसँगै आफुपनी त्यसै गर्भबाट निस्केर माफी मागे।बालकहरु सबै ४९ वटा थिए जसलाई देवता हरुको श्रेणी दिएर ४९ वायु भनिन्छ।यसरी माफी मागे पनि दितीले इन्द्रलाई भ्रुण हत्यागर्ने प्रयास गरेकाले श्राप दिएकी थिईन्।

दैत्य बली दोस्रो पटक स्वर्गका राजा भएपछी देवताहरु संकटमा परेको देखेर देवताहरुकी आमा अदितीलाई दु:ख लाग्यो।एक दिन अदितीले आफ्ना पति कश्यप ऋषि सित यो कुरा राखिन्।तब कश्यप ऋषिले उनलाई भगवान विष्णूको तपश्या गर्ने सल्लाह दिए। अदितीले पनि पतिको सल्लाह अनुसार भगवान विष्णूको तपश्या गरिन्।एक दिन भगवान विष्णूले अदितीलाई दर्शन दिएर तपश्या गर्नाको कारण सोधे।अदितीले आफ्ना सन्तानहरुले दु:ख झेली रहेको र सौता दितीका सन्तानहरुले स्वर्गको राजा भएर मौज गरीरहेकोले यसको उपायको लागि तपश्या गरेको बताइन्।यो सुनेर भगवान बिष्णुले अदितीलाई पुत्रको बरदान दिए।अदितीले भगवान विष्णूलाई आफ्नो पुत्रको रुपमा अवतार लिन आग्रह गरिन्।भगवान विष्णुले अदितीको कोखबाट वामन अवतारको रुपमा जन्म भाद्र शुक्ल द्वादशी तिथिमा भएको थियो। भगवान वामन ८ बर्षको भएपछी ब्रह्माजीले व्रतबन्ध गरिदीए।व्रतवन्धको देशान्तरमा जाने क्रममा भगवान वामन बली राजा कहाँ गए।अश्वमेघ यज्ञ समापन गरिरकेको बेलामा, वामन रूप मा ब्राह्मण वेशधारी विष्णु उपस्थित भए ।

वामनलाई देखेर राजा बलिले आदर वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यो वाचा गर्न आग्रह गरे।तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे।यो सुनेर राजा बलिले अहंकारका साथ भने “म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्नलागे तब शुक्रचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे।

यो सुनेर राजा बलिले अहंकारका गर्न थाले।तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन ।पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो ।तर बलीले मानेनन् संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए।तब वामले आफ्नो सानो रुपलाई बढाएर एक पाईला पृथ्वीमा र अर्को पाइला स्वर्गमा राख्नुभयो। अब अर्को पाईला राख्ने ठाउँ नभएका कारण राजा बली चिन्तित भए।पछि प्रह्लादलाई भगवानको लिला थाहा पाएर प्रार्थना गरे। तब वामनले राजा बलीलाई एक पटक स्वर्गको राजा बनाउने आश्वासन दिएर सुतलमा पठाए।बलि उदार, परोपकारी, दयालु र दानवीर राजा थिए । उनको शासनको समयलाई एक समृद्ध र खुसियालीको युग मानिन्थ्यो ।

वास्तवमा उनको यहि सफलताले देवताहरु उनी देखि चिन्तित हुन् थाले र वामन अवतारको सहयोगबाट उनको पतन गराए । आफ्नो मृत्युको विषयबाट चिन्तित रहेका आफ्ना प्रजाहरूको मन् शान्त पार्न, उनलाई प्रत्येक वर्ष दिपावली पर्व मा एक पटक पृथ्वीमा फर्कने अनुमति दिइएको थियो । आफु पनि राजा बलीसँग छलकपट गरेको पश्चाताप मेटाउन जीवन भर राजा बलिको द्वार पाले भएर बस्ने वाचा दिनु भएको थियो।बलीले दानको संकल्प गरीसकेका कारण वामनको एक पाईला आफ्नो शिरमा राखेर दानको विधी पुरा गरे।त्यस पछि वामनले इन्द्रलाई स्वर्ग दिलाएर राजा
बलिका साथ सुतलमा जानुभयो।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours