बुढानीलकण्ठमा खुल्यो साढे दुई अर्बको लगानीमा पाँचतारे होटल

२९ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्री प्रिमियरको शनिबार उद्घाटन गरेका छन् । साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित होटल एकसय दुई कोठाको होटलको प्रधानमन्त्री ओलीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै ओलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरू जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे । ‘व्यवसायीहरूले निर्वाध रूपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनुपर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङका लागि प्रविधि बनाइसकेका छौँ,’प्रधानन्त्री ओलीले भने, ‘तपाईंहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमि हुने छैन ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours