महिला उद्यमी महासंघ नेपाल‌को २१औं वार्षिक साधारण सभा सम्पन्न

२९ भदौ ,ललितपुर । महिला उद्यमी महासंघ नेपाल‌को २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ ले उद्घाटन गर्नु भएको थियो । उद्घाटन संगै मन्तब्य दिदै मुख्यमन्त्री तामाङ ले ‘संसारमा महिलाहरु अहिले हरेक क्षेत्रमा समान सहभागिता रहेको देखिन्छ। देश बिकासको मुख्य लक्ष्य पूरा गर्न महिला सहभागीता नभई सम्भव नहुने’ बताए ।

‘राजनीतिक क्षेत्रको भातृसंगठनबाट उद्योगी र व्यापारीहरुलाई दु:ख दिने अवस्थाको पनि अन्त्य गर्न जरुरी रहेको छ । महिला उद्यमी अहिलेको अवस्थामा देशको मेरुडण्ड रहेको छ । भरखरै प्रदेश मन्त्रालय सम्भालेकोले बजेट केकस्तो अवस्थामा छ बुझ्दै छु तपाईंहरुको समस्या समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’ भने ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष श्री शोभा ज्ञवालीले महिला उद्यमीहरुका हकहित तथा संरक्षणका लागि महिला उद्यमीहरुको विभिन्न सवालमा सरोकारवाला निकायहरुसंग पैरवी गरिरहेको वताउनुभयो । यसका साथै महिलाहरुको क्षमता अभिवृद्धीको लागि सिप मुलक तालिमहरु प्रदान गर्दै महिला उद्यमीहरुका उत्पादनहरुको दिगो वजारीकरणका सञ्जाल विस्तारमा सहयोग पुर्याउँदै आइरहेको वताउनु भयो । मन्तव्यका क्रममा अध्यक्ष ज्ञवालीले वागमति प्रदेशका मुख्य मन्त्री लाई  प्रदेश अन्तर्गत महिला उद्यमीहरुलाई सहयोगका लागि अपिल गर्नुभएको थियो ।

महासंघकी अध्यक्ष ज्ञावलीले महिलालाई आफ्नो उधोगबाट उत्पादित बस्तुहरुको अन्तरराष्ट्रिय बजार ब्यवस्थापनका लागि प्रदर्शनी स्थलको लागी जग्गा उपलब्ध गराउने ब्यवस्था मिलाई दिन मुख्यमन्त्री सामु अनुरोध गरिन यसको सुरुवात बागमती प्रदेशबाटै होस् भन्नु भयो । त्यस्तै कोशेली घर,महिला सशक्तिकरणमा सहयोग गर्ने बातावरण निर्माण गरिदिन पनि मुख्यमन्त्रीलाई आग्रह गरिन । महासंघमा ७० जिल्लाका हाल पाँच हजार पाँच सय महिला उद्यमीहरुको ब्यवसाय सुनिस्चितताको लागि सरकारले पहल गरिदिनु पर्छ ।’भन्नु भयो ।

कार्यक्रममा महिला उद्यमी संघ तनहँ प्रथम नगद रु १५ हजार तथा सम्मान पत्र, महिला उद्यमी संघ कास्की द्धितिय नगद रु १० हजार तथा सम्मान पत्र, महिला उद्यमी संघ बाकेँ तृतिय नगद रु ७ हजार तथा सम्मान पत्र, उत्कृष्ट कर्मचारी पुरस्कार श्री भुपेन्द्र वत्स लम्साल नगद रु १० हजार तथा सम्मान पत्र, उत्कृष्ट महिला उद्यमी पुरस्कार श्री सुनिता श्रेष्ठ सम्मान पत्र, आजिवन सस्थांपक सदस्य पुरस्कार  र श्री श्यामवदन श्रेष्ठलाई सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा युएनवमेन (UNWOMEN) का सन्तोष आचार्यले लघु,साना तथा माझौला महिला उद्यमीहरु सँग अल्पबिकसित देशहरु UN Women को सहयोगमा LDC (Consultation with women MSME’s) को बारेमा परामर्श कार्यशाला प्रस्तुत गरेका थिए ।

उक्त कार्यशालामा पाँच समुहमा बिभिन्न शिर्षक राखी छलफल गरि सुझाव संकलन गरिएको थियो । पहिलो समुह माइक्रो इकोनोमिक स्ट्याब्लेटी एन्ड फिस्कल सस्टेनेब्लेटी,दोस्रो ट्रेड एण्ड इन्भेस्ट्मेन्ट,तेस्रो इकोनोमिक ट्रान्स्फर्मेशन,चौंथो बिल्डिङ प्रोडेक्टिभ क्यापसिटी र पाँचौं जेन्टल सोसल इन्क्लुजन एण्ड इन्ट्रोग्रेसन रहेको थियो ।

महासंंघले नेपालभरी ७७ वटै जिल्लामा आफ्नो सघंहरु स्थापना गर्ने योजना अनुरुप हालसम्म ६९ जिल्लामा जिल्ला सघंहरुको स्थापना गरी ५,५०० भन्दा बढि सदस्यहरुलाई जिल्ला संघहरुमार्फत महांसघमा आवद्ध गरी सकेको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीहरुका हक अधिकारहरुको सुनिश्चितताका लागि महासंघले उनीहरुका विविध सवाल एवं सरोकारहरु प्रति सशक्त ढंगबाट वकालत गर्दै आईरहेको छ ।

कार्यक्रममा ग्राण्डी अस्पताल र महासंघ बिच महासंघ सँग आबद्ध उद्यमीहरुलाई स्वास्थ्य उपचारमा छुट दिने बारे सम्झौता भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours