कृषि विकास बैंकमा सञ्चालक हेरफेर, अर्थले पठायो मैनालीलाई

२९ भाद्र, काठमाडाैँ । कृषि विकास बैंकमा सञ्चालक हेरफेर भएको छ। अर्थ मन्त्रालयले यही २० गतेको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक नियुक्त गरेको हो।

सोअनुसार बैंक सञ्चालक समितिको २५ गते बसेको बैठकमा मैनालीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार सञ्चालक समिति सदस्यको शपथ लिएका छन्।

मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours