आज राष्ट्रिय बाल दिवस

२९ भदाै, काठमाडौँ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । दिवसका अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन् भने देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तरराष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours