खेलकुद र परिकार मार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी

२८ भदौ, काठमाडौं । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसिया बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औं कंग्रेसमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह र सो मञ्चका अध्यक्ष हे डन जुंगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

अध्यक्ष कोरियाली पत्रकार हे डन जुंगले नेपाली रैथाने परिकारको अन्तर्राष्ट्रिय सद्भावनादूतको जिम्मेवारी वहन गरेका छन् ।

उक्त कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका वरिष्ठ खेलकुद पत्रकारको सम्मानमा होटल संघ नेपालले आयोजना गरेको रात्रिभोजमा १० नेपाली मास्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो ।

स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार र आयोजक होटल संघ नेपाल, पर्यटन सम्वद्ध संस्था, नेपाल खेलुकद पत्रकार मञ्चका पदाधिकारीबीच खेलकुदलगायत पर्यटन प्रवर्द्धनका विविध विषयमा भावी कार्य योजनाबारे छलफल भएको हानले बताएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours