भृकुटीमण्डपमा ‘जीएआई फूड एन्ड बेभरेज एन्ड हस्पिटालिटी’ शुक्रबारदेखि

२८ भदाै, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘जीएआई फूड एन्ड बेभरेज एन्ड हस्पिटालिटी’ सुरु हुने भएको छ ।

विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गर्दै हस्पिटालिटी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

जीएआई फूड एन्ड बेभरेज एन्ड हस्पिटालिटी-२०२४ ले लगभग ५ हजार ब्रान्ड, ३०० कम्पनी र २ हजार ५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरूलाई स्थान प्रदान गर्ने आयोजकले जनाएको छ ।

जीएआई फूड एन्ड बेभरेज एन्ड हस्पिटालिटीले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा आयोजकको छ । जसमध्ये लगभग १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ ।

जीएआई एफबीएचले होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी-प्यालेस र क्यान्टिन, किराना पासलका सञ्चालक, बेकरी तथा स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधक तथा उत्पादक, तिनका प्रबन्धक, क्याटरर र सेफ, बारटेन्डर तथा व्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ ।

कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको हो । तर उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

एक्सपोको भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्सन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्सन प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ ।

फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटीले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्‍याउन ‘साना व्यवसाय मार्ट’ पनि सुरुवात गर्दैछ ।

यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्छन् ।

व्यापारको प्रचार-प्रसारका लागि जीएआई एफबीएच-२०२४, एक्सपोको रूपमा सबैभन्दा प्रभावकारी प्लेटफर्म हो । यसले ३ दिनमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष बैठक गर्न अवसर दिन्छ जुन कुनै पनि मिडिया वा प्रदर्शकहरूका लागि आफ्नै कोसिसले पूरै वर्षमा पनि पूरा गर्न सम्भव छैन ।

जीएआई फूड एन्ड बेभरेज एन्ड हस्पिटालिटीले प्रत्यक्ष बजार प्रोत्साहनको शक्तिलाई स्पष्ट रूपमा परिभाषित र प्रदर्शन गर्दछ र आगामी २०२४ र २०२५ को लागि गति र प्राथमिकता तय गर्ने विश्वास आयोजकको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours