लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले पाए रोजगारी

२८ भदाै, काठमाडाैं । नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् । छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू र करिब १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो ।

विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग अन्तरक्रिया गर्ने, आफ्नो सीपहरू प्रदर्शन गर्ने र इन्टर्नसिपका साथै रोजगारी पक्का गर्ने मौका पाएका थिए ।

प्राविधिक क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरूको प्रतिनिधित्व गर्दै सहभागी कम्पनीहरूले उम्मेदवारहरूको क्षमताप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

शिक्षा र उद्योग बिचको खाडललाई कम गर्ने आफ्नो प्रतिबद्धतालाई कार्यक्रमले जोड दिएको फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले जानकारी दिए।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले शिक्षा र उद्योग बिचको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours