एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

२८ भदाै, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ८ लाख १ हजार ४७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको सेयरमा संस्थापक शेयर धनीहरुले मात्र आवेदन दिन सक्ने छन् । यो पटकको लिलामीमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । सेयरको न्यूनतम बिक्रि मूल्य २०८ रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयरधनीहरुले आजदेखि ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली –११, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours