महानायक राजेश हमाल द्वारा बुढानीलकण्ठ नगरपालिकामा कपडा बैंकको उद्घाटन

२८ भाद्र, काठमाडौँ । बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकामा कपडा बैंकको उद्घाटन भएको छ । एक विशेष समारोह आयोजना गरी महानायक राजेश हमाल र नगर प्रमुख मिठाराम अधिकारीले संयुक्त रुपमा बुढानीलकण्ठमा कपडा बैंकको उद्घाटन गरेका हुन् ।

कोहि कपडा बिहिन नरह‍ुन भन्ने मुलमन्त्र लाई आत्मासाथ् गर्दै देशका सातै प्रदेशमा कपडा बैंक संचालनमा ल्याएको क्लोथ बैंक नेपालले बुढानीलकण्ठ नगरपालिकामा पनी यो कार्यक्रम संचालन गरेको नगर प्रवक्ता नवराज भट्टराईले डिजिटल खबरलाई जानकारी दिए ।

नगरपालिका कार्यालय हात्तिगौडा र वडा नं. १० कपन आकाशेधारा गरी नगरपालिकाको दुई वटा स्थानमा कपडा बैंकको Drop Box (कन्टेनर) राखिएको छ ।

प्रयोगमा नआएका लत्ताकपडा, झोला, जुत्ता, बेल्ट तथा पुस्तकपुस्तिकाहरु पुन : प्रशोधन गरेर आवश्यक पर्नेहरु सबैका लागि निःशुल्क वितरण गर्ने यो अभियानको लागी नगरपालिकाले छुट्टाएका कपडा कन्टेनरमा संकलन गरिदिनुहुन सम्पुर्णमा नगर प्रमुख मिठाराम अधिकारीले अनुरोध गरेका छन् ।

यस कार्यक्रमबीच भएको उद्घाटन समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, महानायक राजेश हमाल, नगर प्रवक्ता नवराज भट्टराई, प्रमुख प्रसाशकीय अधिकृत तुल्सीराम अर्याल, क्लोथ बैंक नेपालका अध्यक्ष कमल जि.सि., सम्पुर्ण वडाका वडाध्यक्षहरु, वडा सदस्य लगायत कर्मचारी,पत्रकार र विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours