त्रिभुवन विमानस्थलले यात्रुलाई भन्यो खादामाला नल्याउनू

२७ भदाै, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रु तथा उनीहरूका आफन्तलाई लक्षित गरी यात्रुलाई खादामाला नल्याउन अपिल गरेको छ।

प्राधिकरणले एक सुचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन आग्रह गरेको हो ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य तथा आफन्तले बिदाइ स्वरूप खादामाला लगाउने गरिएको छ।

‘हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्‍याइरहेको छ,’ कार्यालयले बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।’

यात्रुका ब्यागमा झुण्डाइएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ ।

हवाई यात्रुले खादामाला सँगै लैजान मन भए आफ्नो ब्याग भित्र राखेर लैजान सक्ने पनि कार्यालयले जनाएको छ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours