पाँच महिनादेखि चिकित्सक यादव सम्पर्कविहीन

२७ भदौ, जलेश्वर । महोत्तरीको भंगाहा नगरपालिका–२ बखरी गाउँका ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।

काठमाडौँमा बस्दै आउनुभएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि सम्पर्कविहीन भएको यादवकी श्रीमती पुनमकुमारीले बताएकी छन् ।

यादव परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासन गुहारेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोन संवाद गरेका थिए ।

सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमती पुनमकुमारीले बताइन् । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours