एन्फा महिला लिगमा आज पनि २ खेल हुने 

२७ भदाै, काठमाडौं । एन्फा महिला लिगमा बिहीवार दुई खेल हुँने भएका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

आर्मी ३ खेलमा २ जित र १ हार जितका साथ अंक तालिकाको चौथो स्थानमा छ । बागमतीलाई हराउँदै आर्मी लिगको दोस्रो स्थानमा उक्लिन चाहन्छ ।

बागमती समान खेलमा १ जित र २ हारका साथ तालिकाको सातौं स्थानमा छ ।

आज हुने दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः३० मा सुरु हुनेछ ।

एपिएफ २ जित र १ बराबरीका साथ तेस्रो स्थानमा छ । वालिङलाई फराकिलो अन्तरले पराजित गरि एपिएफ शीर्ष स्थानमा उक्लिन चाहन्छ । वालिङ ३ खेलमा २ जित र १ बराबरीका साथ अंक तालिकाको पाँचौ स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours