२६ भदाै, काठमाडाैं । आज राधा माताको प्राकाट्य दिन भएको हुनाले राधा राधिका, हिन्दु देवी र भगवान कृष्णकी प्रियतम हुनुहुन्छ। संस्कृत शब्द राधा को अर्थ “समृद्धि, सफलता, पूर्णता र धन”। ३२,२५,२५ गर्ग संहिताको गोलोक खण्डको १५ अध्यायमा ऋषि गर्गले राधाको पूरा अर्थ विस्तारले बताउनु भएको छ।राधामा ‘र’ को अर्थ हो रमा, देवी लक्ष्मी, ‘अ’ को अर्थ हो गोपी, “ध” को अर्थ हो धरा, देवी भूदेवी र अन्तिम ‘अ’ को अर्थ हो नदी विरजा (जसलाई यमुना भनेर चिनिन्छ र वताईएको छ । राधाको वर्णन धेरै पुराणमा पाइन्छ।
जस्तो-पद्म पुराणमा (लक्ष्मीको अवतारको रूपमा)देवी-भागवत पुराणमा (महादेवीको रूपमा)ब्रह्म वैवर्त पुराणमा (राधा-कृष्णको सर्वोच्च देवीको रूपमा )मत्स्य पुराणमा (देवीको रूपमा)लिंग पुराणमा (लक्ष्मीको रूपमा)वराह पुराणमा (कृष्णको पत्नीको रूपमा)नारद पुराणमा (प्रेमको देवी रूपमा)स्कन्द पुराण र शिव पुराणमा पनि धेरै पाइएको छ।३७,३८ तिर ‘नारद पंचरात्र’ को ५ अध्याय, ‘पंचमी रात्रि’ मा श्री राधा सहस्रनाम स्त्रोतम’ शीर्षक अन्तर्गत राधाको १००८ नामको उल्लेख गरेको छ।२७,२८ नारद पुराणको ६८ को अध्याय, तृतीया पादमा पनि राधाको ५०० नामको उल्लेख छ । २९ मा उहाको केही प्रचलित नाम छ। ३०,३१,३२,३३
श्री, श्रीजी, श्रीजी – चमक, वैभव र धन की देवी; लक्ष्मी
माधवी – माधवको स्त्री रूप
केशवी – केशवको प्रियतमा
किशोरी – युवा
नित्या – वहा शाश्वत हुनु हुन्छ।
नित्य-गृहणी – कृष्णको शाश्वत पत्नी
वृंदावनेश्वरी – वृन्दावनको रानी अर्को शब्दमा भन्नुपर्दा राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन्।राधाको जन्मदिनलाई राधाअष्टमीको रूपमा मनाउने गरिन्छ।राधाकृष्णलाई शाश्वत प्रेमका प्रतीकको रूपमा लिइन्छ।उहालाई प्रेमको शक्ति, कोमलता, अनुकम्पा र भक्तिको देवीको रूपमा आराधना गर्ने गरिन्छ।उहालाई गोपिनीको प्रमुखको रूपमा वर्णन गरिएको छ।भगवान् कृष्णको युवा अवस्थामा रहेको बेलामा, माता भगवान् कृष्णकी प्रेमी र साथीको रूपमा देखा पर्नुहुन्छ,यद्यपि उहाहरूको विवाह भने भएको हुँदैन।यसको विपरित केही परम्पराले राधालाई कृष्णकी प्रियतम् वा पत्नीको रूपमा लिएको छ।
राधालाई मानव आत्माको लागि एक रूपकको रूपमा मानिन्छ।उहाले असङ्ख्य साहित्यिक कार्यहरू प्रेरित गर्नु भएको छ। कृष्णको साथ उनको रासालिला नृत्यले धेरै प्रकारका प्रदर्शन कलाको प्रेरणा पाएका छन्।
सवैमा राधाष्टमीको शुभकामना व्यक्त गर्दछु।
पं-बालमुकुन्द देबकोटा
+ There are no comments
Add yours