नेपालले हङकङ सिक्सेस प्रतियोगिता खेल्ने

२६ भदौ, काठमाडौं। नेपालले आगामी नोभेम्बरमा हङकङ सिक्सेस प्रतियोगिता खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले नोभेम्बर १ देखि ३ सम्म हुने उक्त प्रतियोगिता खेल्दै डेब्यू गर्ने जनाएको छ ।

यस प्रतियोगिता पछिल्लो पटक सन २०१७ मा हुदा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउदै उपाधी जितेको थियो । सन १९९३देखि यो प्रतियोगिता सुरु भएको थियो ।

यस प्रतियोगितामा विभिन्न देशको सहभागी रहने छ । खेल ५-५ ओभरको हुनेछ । फाइनल खेल ८-८ बलमा एक ओभर हुनेछ ।

एउटा टिममा ६ खेलाडीले खेल्ने पाउने छन । विकेटकिपर बाहेक टोलिका सबैले १-१ ओभर बलिङ गर्नुपर्ने हुन्छ । वाइड र नो बलमा २-२ रन प्राप्त हुनेछ ।

२०१७ मा पाकिस्तान, दक्षिण अफ्रिका, हङकङ, एमसिसी(मेरिलेबन क्रिकेट क्लब) न्युजिल्यान्ड र श्रीलंका संयुक्त, बंगलादेश अस्ट्रेलिया र श्रीलंका सहभागी थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours