२५ भाद्र, काठमाडौं । माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई नेपाल भलिबल संघले मंगलवार बिदाइ गरेको छ।
टोली बिहीवार माल्दिभ्स जानेछ। च्याम्पियनसिप भदौ ३० देखि असोज ५ गते सम्म हुनेछ। नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो ।
च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।
सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली थिए ।
त्यस्तै पुलिसमा गत महिना नै भुटानमा भएको काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पनि छन् । कामनाकै कप्तानीमा पुलिसले काभा क्लब च्याम्पियनसिप खेल्ने छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका थिए।
नेपाल पुलिसको भलिबल टोलीमा कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द प्रशिक्षक, रुपेश विष्ट मुख्य प्रशिक्षक, सुशिला थापा सहायक प्रशिक्षक संगै व्यवस्थापकमा श्रवणकुमार झा र भरत कार्की रहेका छन् ।
+ There are no comments
Add yours