राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

२५ भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्षका २०७९/८० र २०८०/८१ क वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय,क्षेत्रीय,अन्तर्राष्ट्रिय सुरक्षास्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी दिए।

उनले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उपस्थित थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours