नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

२५ भदाै, काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देही जिल्लामा रहेको आफ्नो भैरहवा शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका-५, बैंक रोडमा रहेको शाखा सोही नगरपालिकाको वडा नम्बर ८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो ।

नयाँ भवन परिसरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा सीईओ दीपक कुमार देले गरेका छन् । सो भवनबाट बैंकले सेवा प्रदान गर्न थालिसकेको छ ।

भवन उद्घाटन कार्यक्रममा बैंकका डीसीईओ तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमूख संचालन अधिकृत यादवेद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो ।

यस नयाँ भवनबाट ग्राहकलाई थप अत्याधुनिक सुविधा सहितको बैंकिङ सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता बैंकले गरेको छ । हाल यस बैंकले एक सय वटा शाखा कार्यालय, २२ वटा एक्स्टेन्सन काउन्टर, १९ वटा शाखा रहित बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र १२१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours