दुई नम्बरमा रहेका व्यक्तिलाई सीईओ बनाएपछि डा रेग्मी पुगे सर्वोच्च

२५ भदाै, काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओमा दोस्रो नम्वरमा रहेका दीपकराज जोशीको नियुक्ति गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रेग्मी पहिलो नम्बरमा रहेका थिए। तर वरीयतामा दोस्रो नम्बरमा रहेका व्यक्तिलाई अंक लुकाउँदै नियुक्त गरेपछि उक्त नियुक्ति बदरको माग गर्दै रिट दायर भएको हो।

प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन्।

बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको थियो। उक्त रिटको पेशी भोलि रहेको छ। सर्वोच्चले अंक झिकाउने आदेश गर्ने सम्भावना रहेको छ। सर्वोच्चले अंक हेरेमा जोशीको नियुक्ति बदर हुने छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours