सुनसरीबाट २४५ किलो गाँजा बरामद

२५ भदौ, काठमाडौं । सुनसरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ ।

सुनसरीको बराह क्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट सशस्त्रको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

सप्तकोशी नदि हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र तीन थान ट्युब सशस्त्र प्रहरीको सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको छ । मान्छे भने फरार रहेको प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours