पाकिस्तानी दूतावासले मनायो शहीद दिवस

२३ भदौ, काठमाडौं। नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तानको रक्षा र शहीद दिवस मनाएको छ । नेपाली सेनाका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा पाकिस्तानी दूतावासले शहीद दिवस मनाएको हो ।

दूतावासका अनुसार, उक्त अवसरमा जनरल सिग्देलले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धबारे चर्चा गरेका थिए । त्यसक्रममा उनले संकेटका बेला पाकिस्तानले गरेको सहयोगप्रति समेत धन्यवाद दिएका थिए ।

पाकिस्तानी राजदूत अबरार हास्मीले शहीद दिवसबारे बताउँदै शान्ति र स्थायित्वका लागि भूमिका खेल्ने शहीदहरुको स्मरण गरे । उनले पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वका लागि तत्कार रहेको समेत बताए ।

‘आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय लडाइँ र संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पनि पाकिस्तानले उल्लेखनीय भूमिका खेलेको छ’, उनले भने, ‘चुनौतीको सामना गर्ने विषयमा पाकिस्तानले आफ्नो सम्प्रभुता, सुरक्षा र अखण्डतामा कहिल्यै सम्झौता गर्दैन ।’

उनले युद्धदेखि आतंकवादको खतरा अन्त्य गर्ने र देशको रक्षामा सैनिकको महत्वपूर्ण भूमिका रहेको समेत उल्लेख गरे । दूतावासका कर्नल मुहम्मद अली अल्भीले सो अवसरमा पाकिस्तानको प्रतिरक्षा र विश्व शान्ति स्थापनामा सुरक्षा निकायको भूमिबारे उल्लेख गरेका थिए ।

होटल र्‍याडिसनमा भएको कार्यक्रममा नेपाली सेनाका पूर्वउच्च सैन्य अधिकारीहरु, राजदूतहरु, विभिन्न मुलुकका कूटनीतिज्ञहरु, यूएन एजेन्सीका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours