२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।
भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने बताए ।
उनले ध्वनि लिपीका रूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने उल्लेख गर्दै अगाडि भने, ‘भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ । व्यक्तिले आफ्नो मातृभाषामा अनुभूति गर्न पाउनु पर्छ ।’
सो अवसरमा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने बताए ।
‘मैले मन्त्रालयको बारेका बुझिसकेको छु, अब संस्कृति,पर्यटन र नागरिक उड्डयनको क्षेत्र अब सुधारका लागि काम अगाडि बढाउँछु,’ उनले भने ।
मन्त्री पाण्डेले आफूले सत्य निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका बेथिति सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
+ There are no comments
Add yours