ग्रिनलाईफ हाइड्रोपावरले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

२३ भदाै, काठमाडाैं । ग्रिनलाईफ हाइड्रो पावर लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै दिइएको छ । संस्थापक शेयरधनीले ३५ दिन भित्र कम्पनीमा सम्पर्क गरी आफुले खरिद गर्न चाहेको शेयर खरिद गर्न सक्ने छन् ।

३५ दिन पश्चात् शेयरधनि बाहेकका अन्य व्यक्तिले उल्लेखित शेयर खरिद गर्न सक्ने हुँदा सोही अनुसार आज भदौ २३ गतेदेखि ३५ दिन पुगेको १५ दिन भित्र शेयर खरिद विक्री गरी कम्पनीमा जानकारी गराउन सक्ने छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours