सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

२३ भदाै, काठमाडाैं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलाको १२ सयले घटेर १ लाख ५२ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours