नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

२३ भदाै काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिब पाँच हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरू, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आएका प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पारेका थिए ।

मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भएपनि मानिसले यसको महत्त्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको बताए । उनले अभिकर्ताहरूले बीमाको महत्त्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावनाहरू भएको जनाउँदै अगाडि बढ्न उत्प्रेरणा दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा यस किसिमको भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको उनले बताए ।

यस कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको र उनीहरूको ज्ञान र सीपलाई निखार्न यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।

कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो । यसका साथसाथै कम्पनीले हरेक प्रदेशमा प्रथम द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रमाणपत्रसहित सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई बधाई ज्ञापन गरेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours