सेयर बजारको परिसूचकसँगै कारोबार घट्यो

२० भदौ, काठमाडौं । बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १२.१० अंकले नेप्से परिसूचक घटेको हो । सो गिरावटपछि २७२७ अंकमा रहेर यो साता बजार बन्द भएको छ ।

कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६५ करोडको भयो । १०१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ५ को स्थिर रह्यो ।

माइक्रोफाइनान्स १.६८ तथा व्यापार सूचक ०.१६ प्रतिशत बढे भने अरु सबै घटेका छन् । बैंकिङ ०.६९, विकास बैंक ०.१३, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.११, हाइड्रोपावर १.०१, लगानी १.३६, जीवन बीमा ०.७४, उत्पादन ०.३३, निर्जीवन बीमा ०.५२ र अन्य ०.०१ प्रतिशत घटे ।

गुडविल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ९.१४, नेस्डो लघुवित्तको ८.४३, विन नेपाल लघुवित्तको ७.५ तथा उन्नति सहकार्य लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको मूल्य ८.९१ प्रतिशत घट्यो ।

बुद्धभूमि हाइड्रोको ५.७७, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.०३, न्यादी हाइड्रोको ४.८९, मन्दाकिनी हाइड्रोको ४.८२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स तथा अपी पावर क्रमश अगाडि रहे । क्षेत्रगत रुपमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ३ अर्ब ३७ करोडको कारोबार भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours