त्रिपुरेश्वर आँखा अस्पतालमा काठमाडौं १२ नम्बर वडाबासीलाई नि:शुल्क जाँच सेवा

१९ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिका १२ नम्बर वडा र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ ।

मंगलबार भएको सम्झौता अनुसार चालु आर्थिक वर्षभरि त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा वडा नम्बर १२ का बासिन्दालाई नि:शुल्क आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

सम्झौतामा वडाको तर्फबाट वडाध्यक्ष बालकृष्ण महर्जन र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईले हस्ताक्षर गरे ।

कार्यक्रममा वडाध्यक्ष महर्जनले यस सम्झौताले वडावासीलाई आँखाको उपचारमा सहजता पैदा गर्ने बताए । अस्पतालका कार्यकारी निर्देशक गोसाईले परीक्षणका रुपमा अहिले उक्त कार्यक्रम सुरु भएपनि भविष्यमा अझ प्रभावकारी बनाइने बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours